Logo

उद्योगी तथा कांग्रेस नेता विनोद चौधरीको सम्पति वृद्धिमा छलाङ, एक वर्षमै बढ्यो ३० करोड डलर

उद्योगी तथा कांग्रेस नेता विनोद चौधरीको सम्पति वृद्धिमा छलाङ, एक वर्षमै बढ्यो ३० करोड डलर



काठमाडौं । नेपालका एकमात्र डलर अर्बपतिका रुपमा रहेका उद्योगी विनोद चौधरीले सम्पत्ति वृद्धिमा छलाङ मारेका छन् । विश्वका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो । चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ ।

सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७ औं धनी व्यक्ति हुन् । उनी नेपालका एक्ला अर्बपति हुन् ।

अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका नेता हुन् । यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL