Logo

रकम भुक्तानीका विषयमा महासंघद्वारा अर्थ सचिवको ध्यानाकर्षण, आगामी बजेटका लागि सुझाव पेश

रकम भुक्तानीका विषयमा महासंघद्वारा अर्थ सचिवको ध्यानाकर्षण, आगामी बजेटका लागि सुझाव पेश



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव तोयम रायालाई भेटी निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिएको विषयमा ध्यानाकर्षण गराउँदै तत्काल भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

सरकारी कार्यालयहरूबाट पाउनु पर्ने ठूलो रकम व्यवसायीहरूले नपाउँदा निर्माण क्षेत्रमा मात्र नभएर राज्यको ‘चेन सप्लाई’ मै प्रतिकूल प्रभाव परेको अध्यक्ष सिंहले जानकारी दिए । उनले हालै राजधानीमा सम्पन्न महासंघको २४ औं साधारण सभाबाट पारित घोषणापत्र अर्थसचिव रायालाई हस्तान्तरण गर्दै घोषणापत्र कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।

सोही अवसरमा महासंघले अर्थ सचिव राया समक्ष आगामी बजेटका लागि सुझाव समेत पेश गरेको छ । जवाफमा अर्थ सचिव रायले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

महासंघ प्रतिनिधिमिण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) महासचिव रोशन दाहाल,उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, सह-कोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्य गीता शाही विशेष आमन्त्रित सदस्य विनोद कुमार भट्टराई, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL