Logo

सुनको मूल्य इतिहासकै उच्च, प्रतितोला १ लाख ११ हजार पुग्यो

सुनको मूल्य इतिहासकै उच्च, प्रतितोला १ लाख ११ हजार पुग्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढ्दै आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो ।

यसअघि चैत ५ गते सुनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख १० हजार रुपैयाँ प्रतितोला पुगेको थियो । आज भने सुनको मूल्यले उक्त रेकर्ड पनि तोडेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ पुगेको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्