Logo

एनविआईले गर्यो एचआर वर्कसप, बैंकिङ क्षेत्रका विद्यमान तरिकावारे छलफल

एनविआईले गर्यो एचआर वर्कसप, बैंकिङ क्षेत्रका विद्यमान तरिकावारे छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनवीआइ)ले एचआर वर्क सप आयोजना गरेको छ । दुई दिनसम्म चलेको सो आवासीय कार्यशालामा वाणिज्य बैंक, विकास बैंक तथा कर्मचारी सञ्चयकोषका मानव संशाधन विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यशालाको पहिलो दिनमा नेपाल एसविआई बैकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले एचआर एस स्टाटेजिक विजनेश पाटर्नर विषयमा प्रस्तुुती दिएका थिए ।
त्यस्तै एचआर रिस्क, आउटसोर्सिङ,कल्चरल ट्रान्सफर्मेसन,इन मर्जरलगायत विषयमा विभिन्न बैंकमा मानव संशाधन विभागप्रमुखहरुले प्रस्तुती दिए ।,

नेशनल बैंकिङ ईनिष्टच्युटले जनशक्तिकार्यशाला विगत ५ वर्ष देखि वार्षिक रुपमा आयोजना गर्दै आइरहेको छ । कार्यशालाको प्रमुख उद्देश्य विभिन्न बैंक तथा वित्तीय संस्थाका मानव संशाधन विभागमा कार्यरत कर्मचारीहरुलाई परिवर्तित बैंकिङ परिवेशमा मानव संशाधनको क्षेत्रमा भएका नविनतम अन्र्तराष्ट्रिय प्रयोगहरुको वारेमा जानकारी गराउने हो ।

साथै नेपाली बैंकिङ क्षेत्रमा रहेका विद्यमान तरिकाहरुको वारेमा एक आपसमा छलफल गरी अनुभव आदानप्रदान गर्नु रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL