Logo

त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकको हड्ताल, पार्किङ शुल्क महँगो भएको भन्दै विरोध

त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकको हड्ताल, पार्किङ शुल्क महँगो भएको भन्दै विरोध



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्कको विरोधमा मंगलबार त्यस क्षेत्रमा ट्याक्सी चालकले सेवा बन्द गरेर हड्ताल गरेका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्या्इएको र १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरुले आज त्यस क्षेत्रमा सेवा बन्द गरी विरोध जनाएका हुन् ।

यसअघि मंसिर १३ मा पनि उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए । अन्यत्र भने ट्याक्सी सुचारु रुपमा सञ्चालन भईरहेको छ ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने अन्य सवारी साधनका धनीहरुले पनि महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL