Logo

१ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले उकालो लागेको छ । नेपाली बजारमा मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्