Logo

अन्तरराष्ट्रिय बुद्ध सम्मेलन शुरु, नेपाललाई अन्तरराष्ट्रिय बुद्धिष्ट सेन्टर बनाइने

अन्तरराष्ट्रिय बुद्ध सम्मेलन शुरु, नेपाललाई अन्तरराष्ट्रिय बुद्धिष्ट सेन्टर बनाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय  बौद्ध  सम्मेलन  बिहीवारदेखि काठमाडौंमा शुरु भएको छ । काठमाडौंको  होटल सोल्टिमा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दघाटन गरेका थिए । सो अवसरमा प्रम ओलीले बुद्ध विश्वको द्धिप भएको भन्दै उनले देखाएको बाटो हिड्नु पर्ने बताए ।

सो अवसरमा उनले लुम्विनी बुद्धको जन्मस्थलमात्र नभएर शान्ति र बुद्धिजमको स्रोत भएको बताए । त्यस्तै त्यस्तै हाम्रा पुर्खाहरुले गरेको आविश्कारको फाइदा लिनपर्ने बताए । प्रधानमन्त्री ओलली विश्वमा हाल भइरहेको नकारात्मक कार्यलाई हटाउन बुद्धले देखाएको बाटोमा हिडे सजिलो हुने बताइएको छ ।

सम्मेलनले विश्व सामु नेपाललाई बुद्धको जन्मभुमी भनेर चिनाउन सम्मेलनले सहयोग पुरयाने जानकारी दिए । बुद्ध र बुद्धिज्म छुट्टाउन नमिल्ने उनको भनाई थियो ।
त्यस्तै सो अवसरमा उनले वार्तामा आए सवैको माग पुरा गर्ने जानकारी दिए । नेपालले हालै संविधान जारी गरेर संक्रमणकाल टुंग्याएको भन्दै प्रधानमन्त्री ओलीले अब एकता, विकास र स्थायित्वका लागि सबैसँग सहकार्य गरिने उल्लेख गरे ।

कार्यक्रममा सम्मेलनका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनन्दप्रसाद पोखरेलले नेपाललाई अन्तरराष्ट्रिय बुद्धिष्ट सेन्टर घोषणा गर्नुपर्ने बताए । त्यस्तै सम्मेलनको उद्देश्य विश्वसामु शान्ति र बुद्दको भुमि नेपाल भन्ने चिनाउन सहयोग गर्ने बतँए ।

कार्यक्रममा बुद्धिष्ट एशोसियशन अफ चाइनाका उपाध्यक्ष यीन सुङले सम्मेलनले नेपाल र चीनवीचको सम्वन्धलाई समेत वलियो बनाउने बताए । साथै लुम्विनको विकासमा चीन सहयोग गर्न तयार भएको बताए । साथै उनले अन्य राष्ट्रहरुलाई पनि लुम्विनिको विकासमा सहयोग गरेर पूण्य कमाउन आग्रह गरे ।

उपाध्यक्ष सुङले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धिज्मको सुरुवात पनि लुम्बिनीबाटै भएको बताए । उनले अन्तरराष्ट्रिय बौद्ध सम्मेलन विश्वास र आस्थाको सम्मेलन भएको बताए ।

सम्मेलनमा २८ राष्ट्रका ३ सय ८५ जना विद्धान, राजनितीक व्यक्तित्व तथा भिक्षुहरुको सहभागिता रहेको छ । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, चीन, जर्मनी भारत, जापान, लुथानिया, मलेसिया, मंगोलिया, कतार, रोमानिय, साउथ कोरियालगायतका प्रतिनिधि आएका छन् ।

जसमध्ये भारतबाट ९ जनाको टोली सम्मेलनमा आएको छ । चीनबाट ३ सय १ जना, कोरियाबाट ९ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट ७ जना सम्मेलनमा भाग लिन आएका छन् ।

सम्मेलनमा १८ वटा कार्यपत्र प्रस्तुत भई त्यसमा छलफल हुने छ । बिहीबार र शुक्रबार काठमाडौंमा बौद्ध सम्मेलन हुनेछ । बुद्धजयन्तीको दिन जेठ ८ गते लुम्बिनीमा आयोजना हुने समारोहमा लुम्बिनी घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने बताइएको छ । शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती समारोह आयोजना हुनेछ । समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL