Logo

रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता, भोलि पेसी

रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता, भोलि पेसी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा सोमबार दर्ता भएको हो ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनको अध्ययनपछि सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्