Logo

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आईतबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्