Logo

नेपाल ब्राजिल चेम्बरको साधारणसभा सम्पन्न, दुई देशबीचको व्यापारिक सम्वन्ध प्रगाढ बनाइदै

नेपाल ब्राजिल चेम्बरको साधारणसभा सम्पन्न, दुई देशबीचको व्यापारिक सम्वन्ध प्रगाढ बनाइदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको पहिलो साधारणसभा सम्पन्न भएको । सभामा चेम्बरका अध्यक्ष अखिल चापागाईले नेपाल ब्राजिलका वीच भएका विभिन्न व्यापारिक गतिविधी तथा भविष्यमा हुने व्यापारिक सम्वन्धका बारेमा प्रकाश पारका थिए ।

सो अवसरमा नेपालका लगि ब्राजिलका राजदुत मारिया तेरेसाले दुई देशबीचको व्यापारमा ब्राजिलबाट आयात भन्दा नेपालबाट निर्यात बढी भएको जानकारी गराइन्  । साथै उनले ब्राजिलका संघ संस्थाहरुले नेपालमा गरिरहेका मानविय कार्यहरुको विवरण अवगत गराएका थिए ।

तेरेसाले निकट भविष्यमा ब्राजिलियन फुटवलर काकालाई नेपाल ल्याउने र केही कार्यक्रम मार्फत असहायहरुको लागी आर्थिक संकलन कार्य गर्ने बारे छलफल भईरहेको जानकारी दिइन् ।
नेपाल उद्योग वाणिज्य उवासंघका अध्यक्ष पशुपति मुरारकाले नेपाल ब्राजिल भौगोलिक रुपमा टाढा भएपनि धेरै समानता भएका देश भएको बताए । साथै दुई देश बिच व्यापारको अथाह संम्भावना भएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL