Logo

नयाँ मन्त्रीले गरे शपथ ग्रहण, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

नयाँ मन्त्रीले गरे शपथ ग्रहण, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाली कांग्रेसका ४, एकीकृत समाजवादीका २ जना, माओवादी र जनता समाजवादी पार्टीबाट १/१ जनाले शपथ ग्रहण गरेका हुन् ।

जसमध्ये नेपाली कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङले शहरी विकासमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीको सिफारिसमा अशोक राईले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयको, एकीकृत समाजवादीका बेदुराम भुसालले कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठले उपप्रधान तथा गृह मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL