Logo

स्वर्णिम वाग्लेले छाडे काँग्रेस, भन्छन-देउवा–आरजु गिरोहको हेपाइ र अपमानले बस्न सकिन (पत्रसहित)

स्वर्णिम वाग्लेले छाडे काँग्रेस, भन्छन-देउवा–आरजु गिरोहको हेपाइ र अपमानले बस्न सकिन (पत्रसहित)



काठमाडौं । युवा अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाली काँग्रेस परित्याग गरेका छन् । बिहीबार उनले एक पत्र लेख्दै देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय बिहीबार गरेको थियो । मंसिरमा आमनिर्वाचनमा टिकट नपाएका वाग्लेले यसपटक सो क्षेत्रबाट टिकट पाउने चर्चा चलेको थियो ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट पौडेल निर्वाचित भएका थिए । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यस्ते छ पत्र

प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम

प्रतिक्रिया दिनुहोस्
MBL