Logo

विद्यार्थी तथा पर्यटक भिसा प्रक्रियामा अमेरिकी दूतावासले गर्यो परिवर्तन, जेठ १९ बाट लागु

विद्यार्थी तथा पर्यटक भिसा प्रक्रियामा अमेरिकी दूतावासले गर्यो परिवर्तन, जेठ १९ बाट लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं स्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । दूतावासले आगामी जेठ १९ गतेबाट लागु हुनेगरी पर्यटक तथा विद्यार्थी भिसाको कागजी प्रक्रिया घटाउन लागेको हो ।

यससँगै आवेदकले भिसाको अन्तरवार्ताका लागि उपस्थित हुँदा थोरै कागजात ल्याए पुग्नेछ । दूतावासका अनुसार राहदानी,डिएस १६० कन्फरमेशन पेज,आवेदन शुल्क भुक्तानी रसिद,फोटो र विद्यार्थी भिसा आवेदकका लागि आइ ट्वान्टी र ट्रान्स्क्रििप्ट ल्याए हुनेछ ।

आवेदकहरुलाई सम्भावित टलकपट तथा समय र पैसाको बचत होस भन्ने उद्देश्यका साथ यस्तो व्यवस्था गरिएको बताइएको छ ।

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने बताएको छ।   अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्‍त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेको बताइएको छ।

कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्‍त गरेकोले यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL