Logo

अनलाइन ठगीमा आवद्ध १९ जना पक्राउ, ४ लाख नगदसहित ७७ थान मोबाईल बरामद

अनलाइन ठगीमा आवद्ध १९ जना पक्राउ, ४ लाख नगदसहित ७७ थान मोबाईल बरामद



काठमाडौं । ह्वाट्सएपमार्फत ठगी गर्ने १९ जनाको गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीले ९ जना चिनियाँ र १० जना नेपाली आवद्ध उक्त गिरोहलाई पक्राउ गरेको हो ।

उनिहरुले टेलिग्राम र ह्वाट्सएपमा ‘अपरेसन टिचर’ नामक च्यानल चलाएर कक्षा संचालन गरी ठग्दै आएका थिए । बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगर लगायत नेपाली नागरिक छन् । यस्तै चिनियाँ नागरिकमा भने हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सि गुए यी, सि, सुआङ दी लगायत रहेका छन्।

उनिहरुबाट प्रहरीले ४ लाख नगद, ७७ थान फोन, १२ थान ल्यापटप लगायतका सामान जफत गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL