Logo

गृहमन्त्रीको जिम्मेवारी नारायणकाजीलाई, अन्यमा को-को ?

गृहमन्त्रीको जिम्मेवारी नारायणकाजीलाई, अन्यमा को-को ?



काठमाडौं । गृह मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पाउने पक्का भएको छ । गृह मन्त्रालय माओवादी केन्द्र र भौतिक मन्त्रालय एकिकृत समाजवादीको भागमा परेपछि यसअघि गृहमन्त्री भईसकेका श्रेष्ठले गृह मन्त्रालयकाे जिम्मा पाउने पक्का भएको हो ।

माओवादीका नेताहरुले हाल सम्हालीरहेकका मन्त्रालयहरुमध्ये सामान्य प्रशासन मन्त्तालयमा मात्रै हेरफेर भएपनि अन्य मन्त्रालयमा यथावत मन्त्री हुने बताईएको छ ।

हाल सामान्य प्रशासन मन्त्रालयको जिममेवारीमा अमनलाल मोदी छन् । भने बाँकी ३ मन्त्रालय खानेपानी, पर्यटन र संचार मन्त्रालयमा क्रमशः अब्दुल खान, सुदन किराँती र रेखा शर्मा छन् । यस्तै अन्य मन्त्रालयमा कसले जिम्मेवारी पाउने भन्ने टुंगो भने ३ बजे बस्ने सत्ताधारी दलको बैठकले लगाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL