Logo

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री नल्याउन कोषको आग्रह

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री नल्याउन कोषको आग्रह



काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह गरेको छ । पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो ।

‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ कोषले पशुपति क्षेत्रको समग्र परिसर सरसफाइका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अगुवाइमा पशुपति क्षेत्रको सरसफाइ सुरु गरेको छ ।

कोषले एक सूचना जारी गर्दै ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा साथ दिनका लागि पशुपति क्षेत्रमा प्लास्टिक निषेध गरिएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL