Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, पाउँलान त खाली मन्त्रालयले आज नयाँ मन्त्री ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, पाउँलान त खाली मन्त्रालयले आज नयाँ मन्त्री ?



काठमाडौं । लामो समयदेखि सरकार विस्तार गर्न असफल भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पनि सत्तारुढ गठबन्धनको बैठक राखेर मन्त्रालय भागबण्डा टुंग्याउन प्रयास गरिरहेका छन् ।

सोका लागि अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ । १६ वटा मन्त्रालयको जिम्मेवारी बोकेर हिहिरहेका प्रचण्डले छिटो मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको ल्याउने साझा न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।

यसअघि मंगलबार बसेको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बाँडिएको थियो । दलहरुले अध्ययन गरेर जारी बैठकमा सहभागी भएकाले उनीहरुको सुझाव समेटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL