काठमाडौं । अब मिटरब्याजमा रकम असुली गर्नु अपराध मानीने गरी कानुन निर्माण गरिने भएको छ । मिटरब्याजी पीडितहरुले काठमाडौंमा आई आन्दोलन गरिरहेको बेलामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटरब्याजमा पैसा असुली गर्नु अपराध मानीने घोषणा गरेको हो । यसका लागि सरकारले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गर्ने निर्णयसमेत गरेको छ ।
पछिल्लो समय तराईका विभिन्न स्थानका मिटरब्याजी पीडितहरु मिटरब्याजले जायजेथा नै गुमेको भन्दै हारगुहारका लागि पैदल यात्रा नै गरेर काठमाडौं आईपुगेका छन् । उनिहरु हाल माईतिघरमा आफ्ना मागहरुसहित धर्ना बसिरहेका छन् ।