Logo

गलैंचामा नेपाललाई सात अर्बको नाफा, यी हुन् वैदेशिक व्यापारमा नेपालले नाफा आर्जन गर्ने १० वस्तु

गलैंचामा नेपाललाई सात अर्बको नाफा, यी हुन् वैदेशिक व्यापारमा नेपालले नाफा आर्जन गर्ने १० वस्तु



काठमाडौं । आयातमुखी अर्थतन्त्र भएको नेपालले धेरैजसो उपभोग्य वस्तुहरु आयात गरेरै अर्थतन्त्र चलाएको छ । दैनिक उपभोग्य वस्तुहरु समेत आयात गरेर चलाउँदा अहिले नेपालको वार्षिक व्यापारघाटा बजेटभन्दा बढी पुगेको छ । पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा, फलामलगायत वस्तु आयात गर्दा नेपालले सबैभन्दा बढी व्यापारघाटा व्यहोर्दै आईरहेको छ । जसको हिस्सा पनि नेपालले व्यहोर्ने कुल व्यापारघाटामा उल्लेख्य हुने गर्दछ ।

तर, नेपालले केही वस्तुको निर्यात गरी त्यसमार्फत वैदेशिक व्यापारमा नाफा आर्जन पनि गर्ने गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ८ महिनाको तथ्यांक नुसार नेपालले विभिन्न ११ वस्तु विदेशी बजारमा विक्री गरी नाफा कमाउने गरेको छ । जसमा गलैंचादेखि धागोसम्म छन् ।

भन्सार विभागको तथ्यांकलाई मान्दा चालु आर्थिक बर्षको पहिलो ८ महिनामा सबैभन्दा बढी नाफ आर्जन कार्पेट निर्यातमार्फत भएको देखिन्छ । यस अवधिमा नेपालले गलैंचा निर्यातमार्फत ७ अर्ब ६१ करोड ७० लाख रुपैयाँ व्यापार नाफा गरेको छ । यस अवधिमा नेपालले ७ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात गर्दा जम्मा २३ करोड ८५ लाख रुपैयाँ बराबरको मात्रै गलैँचा आयात गरेको थियो । यसरी आयात गरेको गलैंचामार्फत नेपालले १० करोड ८८ लाख रुपैयाँ राजस्वसमेत संकलन गरेको छ ।

यस्तै धेरै व्यापारनाफा गर्ने दोस्रो स्थानमा चिया र कफी छ । नेपालले गुणस्तरीय कफी र चिया विदेशी बजारमा बेचेर ८ महिनामा ५ अर्ब ७ करोड रुपैयाँ बराबर व्यापारनाफ गरेको छ । यस अवधिमा नेपालले ९ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात गर्दा ४ अर्ब ६८ करोड बराबरको आयात गरेको थियो । यसरी नेपाले चिया कफी आयातमार्फत १ अर्ब १२ करोड रुपैयाँ राजस्व असुल गरेको भन्सार विभागले जानकारी दिएको छ ।

यस्तै नेपालले यसै अवधिमा तरकारी फलफूल, ओखरलगायत बेचेर १ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको व्यापारनाफा गर्दा फेल्ट बेचेर १ खर्ब ९७ अर्ब रुपैयाँ नाफा गरेको तथ्यांकमा उल्लेख छ । यसै अवधिमा नेपालले तरकारीजन्य रेशाहरुमार्फत, १ अर्ब ५३ करोड, टेक्सटायल र तयारी पोशाकमार्फत ५५ करोड ८६ लाख र लिड धातू बेचेर ५१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको देखिन्छ ।

यसै अवधिमा नेपालले सांगितिक बाध्यवाधनका सामग्रीहरु बेचेर ४२ करोड, पुरातात्विक वस्तु बेचेर ४१ करोड र लेदर बेचेर २७ करोड रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । सरकारले निर्यात प्रर्वद्धन गर्नुपर्ने वस्तु भन्दै बनाएको सूचीमा अटेका प्रायजसो वस्तुहरुमा भने व्यापारघाटा गरेको पाईएको छ ।

अलैंची, सुठो, खानेपानी, जुत्ताचप्पल, सिमेन्टलगायत वस्तुहरुको उत्पादन नेपालमा अथाह भएपनि त्यस्ता वस्तुहरुको आयात उच्च हुँदा व्यापाराघाटामा रहेको देखिन्छ । अझ भनौ पछिल्लो समय व्यापारघाटा घटाउन र नेपालको निर्यात बढाउन सहयोग गरेको भनिएको खानेतेलमै नेपालले ४० अर्ब ४० करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL