Logo

सिंहदरबार घेराउमा बिदेशीको संग्लनताप्रति टानको ध्यानाकर्षण,कारबाही गर्न माग

सिंहदरबार घेराउमा बिदेशीको संग्लनताप्रति टानको ध्यानाकर्षण,कारबाही गर्न माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मधेशी मोर्चा सहित २९दलीय संघिय गठबन्धनको आयोजनामा जारि सिंहदरबार घेराउ कार्यक्रममा बिदेशी नागरिकको संग्लनताप्रति ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को गम्भीर ध्यानाकर्षण भएको छ ।

बिगतमा सबै राजनैतिक दलहरुले बन्द हड्ताल नगर्ने प्रतिबद्धता गरेको सबैमा जाहेर गरेपनि सो प्रतिबद्धता बिपरित भैरहेको कार्यक्रमले नागरिकहरुको निर्बाध घुमफिर गर्न पाउने अधिकार हनन गरेको टानले बताएको छ ।

साथै सिंगो पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पारेको टानको भनाई छ । सोमवार एक प्रस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘बिदेशी पर्यटकहरुको यस्ता गतिविधिहरुमा संलग्नताले विश्व पर्यटन बजारमा नेपाल बारेनकारात्मक सन्देश जान्छ’ विज्ञप्तिमा भनिएको छ ‘ भूकम्प र नाकाबन्दीलेतहसनहस पारेको हाम्रो पर्यटन उद्योग बिस्तारै तंग्रदै गर्दा यस्ता गतिबिहरुले पर्यटन उद्योगलाइ थप धराशायी बनाउने निश्चित छ ।’

साथै हरेक राजनैतिक समस्याहरुको समाधान सरकार र आन्दोलनकारी दुवै पक्षले बार्ता र सम्बादबाट हाल गरिनुपर्छ भन्ने टानको ठहर छ । त्यस्तै नेपाल भ्रमणमा आएका बिदेशी पर्यटकहरुलाई यस्तो गतिबिधिमा संलग्न नगराउन टान सम्पूर्ण पर्यटन ब्यबसायीहरुलाई अनुरोध गरेको छ । यस्ता बिदेशी नागरिकलाई उपयुक्त कारबाही गर्न सरकार समक्ष टान जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL