काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनारमा बसोबास गर्नेलाई सात दिनको अल्टिमेटम दिएको छ । नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना बनाएर बस्नेलाई एक साताभित्र हटाउन निर्देशन दिएको हो ।
शनिबार एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न समेत सूचनामार्फत सूचित गरेको छ ।
एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।
महानगरले नदी किनारका बस्तीलाई बारम्बार जानकारी गराएको र अब यो सूचनाको पनि अवज्ञा गरेमा स्थानीय सरकार सञ्चालन एने २०७४ प्रयोग गरिने समेत जनाएको छ ।
