काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा बिहीबारयता चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।