Logo

नेपालको आधिकारिक जनसंख्याको घोषणा आज, पाँच लाख जनसङ्ख्या घट्ने अनुमान

नेपालको आधिकारिक जनसंख्याको घोषणा आज, पाँच लाख जनसङ्ख्या घट्ने अनुमान



काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । संक्षिप्त तथ्यांक भने यसअघि नै तथ्यांक विभागले सार्वजनिक गरिसकेको थियो ।

२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । प्रारम्भिक विवरणभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

२०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । लिंग र उमेरअनुसारका विवरण, जन्म, मृत्यु, बसाइँसराइ, अपाङ्गता भएका व्यक्तिको विवरण, लैङ्गिक र अल्पसङ्ख्यक, कुल रोजगार र बेरोजगारको विवरण, नेपालमा भएका कुल घर र घरको प्रयोजनका बारेमा पूर्ण विवरणमा समावेश गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL