Logo

राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु,७ सय जना प्रतिनिधि सहभागी

राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु,७ सय जना प्रतिनिधि सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । “उद्यमशीलताको विकास, गरिवी निवारणको निकास” भन्ने मुल नाराकासाथ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । मुलुकभरबाट प्रतिनिधित्व हुनेगरी लघुवित्त कार्यक्रममा संलग्न झण्डै ६ सय महिला सदस्यहरु उपस्थिति सम्मेलनको समुद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरे ।

कार्यक्रम लघुवित्त क्षेत्रमा क्रियाशील लघुवित्त संस्थाहरुमध्ये अगुवा संस्थाहरुको आयोजना एवम् स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजना भएको हो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गरिबी निवारण गर्ने सन्दर्भमा लघुवित्त संस्था र यसमा आवद्ध महिलाहरुको विशेष भूमिका रहेको कुरा उल्लेख गरे । साथै सुन्दर र अवसर नै अवसरले भरिएको मुलुकमा गरिब हुनु दुर्भाग्य भएको उल्लेख गरे ।गरिवी निवारणका लागि सरकारले विशेष कार्यक्रम ल्याईसकेको जानकारी दिए ।
समारोहमा नेपालमा लघुवित्त सेवा वारे उद्यमशीलताको विकास गरिबी निवारणको निकास नामक वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । नेपालका सवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी दुई दर्जनभन्दा बढी लघुवित्त बैंकहरुमध्येबाट सय२५८ जना, लघुवित्त कार्यक्रम सञ्चालन गर्ने झण्डै डेढ दर्जन गैर सरकारी संस्थाहरुबाट २सय२० जना सहभागी टन् ।
त्यस्तै लघुवित्त कार्यक्रम सञ्चालन गर्ने झण्डै एक दर्जन सहकारी संस्थाबाट १सय५० जना महिला प्रतिनिधिहरु एवम् सम्बन्धित संस्थाका कर्मचारी प्रतिनिधि गरी झण्डै ७०० जना प्रतिनिधि सम्मेलनमा भाग लिइरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL