Logo

के–के छ चीनसँग गरिने विप्पा सम्झौताको ड्राफ्टमा ?

के–के छ चीनसँग गरिने विप्पा सम्झौताको ड्राफ्टमा ?


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

परराष्ट्रमन्त्रालयले द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि चीन सरकारलाई पत्राचार गरेको छ । उद्योग मन्त्रालायले चीन सरकारसँग विप्पा सम्झौता गर्नका लागि पठाएको ड्राफ्ट परराष्ट्र मन्त्रालयले चीनलाई पठाएको हो ।

के के विषय छन् चीनसँगको विप्पा सम्झौँताको ड्राफ्टमाः  

लगानी प्रवद्र्धन र संरक्षण गर्ने, सम्झौताका मुलुकहरुले अर्को मुलुकको लगानीलाई प्रोत्साहन गर्ने, सो का लागि अनुकूल वातावरण सृजना गर्ने, आफ्नो नीति, नियम, कानून वमोजिम त्यस्तो लगानी स्वीकार गर्ने, अर्को पक्षको लगानीलाई उचित व्यवहार गर्ने ।

राष्ट्रिय व्यवहार तथा अति सौविध्यतापूर्ण राष्ट्रको व्यवहारः राष्ट्रिय व्यवहार आफ्नो देशको लगानीलाई गरे सरहको व्यहार गर्ने । अति सौविध्यतापूर्ण राष्ट्रको व्यवहार अन्य तेस्रो मुलुकको लगानीलाइ गरे सरहको व्यवहार गर्ने ।

अधिग्रहण सम्बन्धी विषयः अर्को पक्षको लगानीकर्ताको लगानीलाई, भेदभावपूर्ण तरीकाले उचित एवं समन्यायिक क्षतिपूर्ति नदिई, र कानून वमोजिम सार्वजनिक प्रयोजनका लागि बाहेक     अधिग्रहण वा राष्ट्रियकरण नगरिने ।

नोक्सानी वापतको क्षतिपूर्ति सम्बन्धी विषयः कुनै पक्षको इलाकामा अर्को पक्षको लगानीकर्ताले युद्ध वा सशस्त्र द्धन्द्ध, राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र विप्लव वा दंगाका कारणले नोक्सानी व्यहोर्नु परेमा त्यस्तो लगानीको प्रतिस्थापन, हर्जाना, क्षतिपूर्ति वा अन्य सम्बन्धमा आफ्ना लगानीकर्ता वा कुनै तेस्रो मुलुकका लगानीलाई प्रदान गरेको भन्दा कम नहुने गरी व्यवहार गर्ने ।

लगानी र सोको प्रतिफल फिर्ता लैजाने व्यवस्थाः अर्को पक्षको लगानीकर्ताको लगानी रकम, लाभांश आदि अनुचित विलम्ब नगरी फिर्ता लैजान पाउने ।

लगानीकर्ता र कुनै पक्ष मुलक वीचको विवाद समाधान सम्बन्धी विषय । पक्ष मुलुकहरु वीचको विवाद समाधान सम्बन्धी विषय ।

कर्मचारीहरुको प्रवेश र बसाइ सम्बन्धी विषयहरुः अर्को पक्षको कम्पनीहरुमा काममा लगाइएको कर्मचारीहरुलाई आफ्नो प्रचलित कानून वमोजिम प्रवेश गर्न र रहन अनुमति दिने ।

लाभहरुको इन्कारी सम्बन्धी विषयः सम्झौताका पक्ष बाहेक अन्य गैर पक्षको व्यक्तिमा लगानीको स्वामित्व वा नियन्त्रण रहेको भए सम्झौता वमोजिमको लाभ दिन इन्कार गर्न सक्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL