Logo

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL