Logo

सुनको मूल्य बढेर फेरि १ लाख १० हजार नजिक, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य बढेर फेरि १ लाख १० हजार नजिक, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL