Logo

लघुवित्त ग्राहक सम्मेलन सुरु,५ सय ग्राहक सहभागी हुँदै

लघुवित्त ग्राहक सम्मेलन सुरु,५ सय ग्राहक सहभागी हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा पहिलो पटक लघुवित्त ग्राहक सम्मेलन आयोजना गरिएको छ । आइतबारदेखि सुरु सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा हाल विभिन्न लघुवित्त सस्थाका गरी झन्डै १६ लाख ३० हजार ग्राहक सदस्य रहेको सम्मेलन आयोजक समितिका सदस्य तथा नेपालको पहिलो लघुवित्त संस्था निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले जानकारी दिए ।

सम्मेलनमा देशभरीबाट झन्डै ५ सय ग्राहक सहभागी हुने उनले बताए। नेपालमा गरिबी न्यूनीकरण गर्ने र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले खोलिएका लघुवित्त संस्थाले हालसम्म ११ लाख ४० हजार ऋणीलाई रु ५९ अर्ब ५० करोड कर्जा लगानी गरी रु १७ अर्ब ९७ करोड बचत सङ्कलन गरेको छ ।

लघुवित्तीय संस्थाका ग्राहकले सम्मेलनमा लघुवित्तका चुनौती, अवसर, समस्या र राम्रा पक्षका बारेमा छलफल गर्ने भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनबाट लघुवित्त ग्राहक घोषणापत्र जारी गरिने पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL