Logo

भृकुटीमण्डपमा तीन दिने ‘नेपाल फाईभ पि’ प्रदर्शनी हुँदै, १५० भन्दा बढी स्टलहरु रहने

भृकुटीमण्डपमा तीन दिने ‘नेपाल फाईभ पि’ प्रदर्शनी हुँदै, १५० भन्दा बढी स्टलहरु रहने



काठमाडौँ । फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्को आयोजनामा यही चैत १०, ११ र १२ गते काठमाडौँको भृकुटीमण्डपमा तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।

नेपाल फाईभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरु सहभागी हुनेछन् । उक्त प्रदर्शनीमा देश भरीबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रदर्शनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकले बताएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहआयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरुको सहभागिता हुनेछ ।

यस्तै, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL