काठमाडौं । नेपाल एसविआइ बैंकले धरहरा निर्माणका लागि ५ करोड भन्दा बढी सहयोग गरेको छ । बैंकले विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि ५ करोड २१ लाख सहयोग गरेको हो ।
अइतवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले सो रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
मै बनाउँछु धरहरा अभियान अन्तर्गत धरहरा पुनर्निर्माण अभियान सुरू गरिएको थियो । धरहरा अफैँ बनाउने अभियान सुरू गर्दै प्रधानमन्त्री केपी वलीले यसअघि एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका थिए ।