काठमाडौं । व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३र०७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । बैशाख २६ मा राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा ४ दिनसम्म छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त प्रस्तावलाइ बहुमतले अनुमोदन गरेको हो ।
प्रस्तावको नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन् । यसअघि सो प्रस्तावमाथिका संशोधन कर्ता काँग्रेसका सांसद रमेश लेखकको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनले बहुमतले अस्वीकृत गरेको थियो ।