Logo

घट्यो सुनको मूल्य, प्रतितोला १ लाख ९ हजार ३ सयमा कारोबार

घट्यो सुनको मूल्य, प्रतितोला १ लाख ९ हजार ३ सयमा कारोबार



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको हो ।

महासंघका अनुसार आईतबार सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च १ लाख १० हजार रुपैयाँ पुगेको थियो । आज भने सो मूल्य घटेर प्रतितोला १ लख ९ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ । आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL