Logo

डुब्दो सेयर बजारमा कसरी आफुलाई बचाइराख्ने ? यी चार तरिकामा आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्नुस

डुब्दो सेयर बजारमा कसरी आफुलाई बचाइराख्ने ? यी चार तरिकामा आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्नुस



काठमाडौं । नेपाली सेयर बजारले लामो समयदेखि आफ्नो लय गुमाउँदै गइरहेको छ । जसका कारण लाखौं लगानीकर्ताले अहिले आफ्नो अर्बौ लगानी गुमाएका छन् । धेरै लगानीकर्तालाई अब सेयर बजारमा कसरी आफुलाई अगाडि बढाउने भन्ने अन्यौलको अवस्था श्रृजना भएको छ ।

कतिपय लगानीकर्ता गिर्दो सेयर बजारमा थप नडुब्ने भन्दै आफ्नो पोर्टफोलियो नै खाली गरेर लगानीका लागि नयाँ क्षेत्र खोजिरहेका छन् । तर, सेयर बजारसम्बन्धी जानकारहरु भने यो अवस्थामा पनि आफ्नो पोर्टफोलियोको उपयुक्त व्यवस्थापन गर्न सके सेयर बजारबाट थप लाभ उठाउन सकिने बताउँछन् । जसका यी चारवटा तरिका अपनाउन सकिने विज्ञको सुझाव छ ।

१. घटिरहेको स्टकबाट फाइदा लिनुहोस

तपाईंको कुल लगानीमा तपाईंको इक्विटी पोर्टफोलियोको प्रतिशत हेर्नुहोस् । यदि यो २० प्रतिशत वा ३० प्रतिशत भन्दा कम छ भने, चिन्ता गर्नुपर्ने केही छैन । यस्तो अवस्थामा घटेको मूल्यको फाइदा उठाउँदै ६–१२ महिनामा क्रमशः राम्रो सेयर खरिद गर्नुपर्छ । तपाईले इक्विटी म्युचुअल फण्डमा पनि लगानी बढाउन सक्नुहुन्छ ।

२. रियल इस्टेट तथा सुनमा पनि लगानी

सेयरमा लगानी बाहेक आफ्नो लगानी रियल इस्टेट तथा सुनजस्ता अन्य सम्पत्तिमा पनि लगानी गर्नुहोस । घरजग्गा, बैंक निक्षेप, सुन र ऋण (जस्तै बन्ड) उपयुक्त विकल्प हुन सक्छन् । यस्तै लामो समयदेखि राम्रो प्रतिफल नदिने शेयरको सट्टा नयाँ शेयर किन्नु पर्ने हुन्छ ।

३. दुई वर्षको समयलाई समीक्षा गर्नुहोस

सेयरमा लगानी गरिरहनुभएको छ भने कम्तीमा दुई वर्षको लगानी समयलाई समीक्षा गर्नुहोस । विगतदेखि वर्तमानसम्मको समयलाई विश्लेषण गरेर हरेक दुई वर्षको अवधिमा सेयर बजारले कस्तो उतारचढाव आएको छ र सेयर बजार कसरी अघि बढछ भने विश्लेषण गर्दै लगानी विविधिकरण गर्नु उपयुक्त हुन्छ । सेयर बजारले लामो समय लगानी गर्नेलाई उपयुक्त प्रतिफल दिएको देखिन्छ । यसैले इक्विटी पोर्टफोलियोको दुई वर्षको कमजोर अवस्थालाई मात्र हेरेर निराश नहुनुहोस ।

४. नआत्तिनुहोस्, लगानी गर्न नछाडनुहोस

बजारको गिरावट एसआइपी (प्रणालीगत लगानी योजना) को लागी लाभदायक हुन्छ । घट्दो बजारमा एसआइपी जारी राख्नुहोस् । यो गिरावट सधैंभरि रहँदैन् । आगामी समय अहिलेभन्दा पक्कै राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL