Logo

सरकारले गर्यो पाँच डीआईजीको एआईजीमा बढुवा, आगामी आइजीपी को बन्लान ?

सरकारले गर्यो पाँच डीआईजीको एआईजीमा बढुवा, आगामी आइजीपी को बन्लान ?



काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो । हाल एआईजी मा बढुवा भएकाहरु मध्येबाट आगामी आइजीपी बन्ने भएकाले पनि यो बढुवालाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL