Logo

हवाई उडान समयमै गर्न श्रम समितिको निर्देशन, जहाजको टिकट पारदर्शी बनाउ

हवाई उडान समयमै गर्न श्रम समितिको निर्देशन, जहाजको टिकट पारदर्शी बनाउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको अन्तरराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले हवाई उडान समयमै गर्न निर्देशन दिएको छ । समितिको शुक्रवार बसेको बैंठकमा सभापति प्रभु शाहले हवाइ उडान ढिला भएको गुनासो आएको भन्दै समयमै गराउन तथा गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा नेपाल एयरलाइन्सलाई निर्देशन दिएको हो ।

समितिले त्रिभुवन विमानस्थलको सरसफाइमा विशेष ध्यान दिन विमानस्थलका महानिर्देशकलाई निर्दिष्ट गरेको छ । त्यस्तै विमानस्थलमा लगेज तथा व्यागहरु घण्टौ कुनुपर्ने भन्दै त्यसलाई चुस्त बनाउन निर्देशन दिएको छ । सो समितिले जहाजको टिकट पारदर्शी बनाउन तथा विमानस्थलमा सुरक्षाकर्मीलाई उचित व्यवहार सिकाउन समेत निर्देशन दिएको छ ।

विमान स्थलको भौतिक निर्माण अत्यन्त सुस्त गतिमा भएको भन्दै तोकिएको समयभित्र काम सक्ने वातावण सिर्जना गर्न विमानस्थललाई निर्देशन दिए । साथै विभिन्न वहान बनाएर काम रोक्न तथा ढिला गर्ने कर्मचारीलाई कारवाही गर्न समेत आदेश दिएको छ ।

सभापति शाहले विमानस्थलमा ट्याक्सीले मनपरी भाडा लिएको भन्दै स्थानअनुसारको भाडा तोक्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा मन्त्रि आनन्द कानुन तथा न्याय मन्त्रालय हावी हुँदा त्रिभुवन विमानस्थलको व्यवस्थापनमा समस्या भएको बताए । ‘विमान स्थलको साँघुरो ठाउँका पसल हटाउन लागेको कानुन बाधक भएको छ’ उनले भने ।

कार्यक्रममा उनले जिम्मेवार निकायका नेतृत्वकर्ताले आफ्नो संस्थाको उचित व्यवस्थपनबारे ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सभासदहरुले विमानस्थलको सरसफाइ तथा प्रहरीको अप्रिय व्यवहारबारे गुनासो गरेका थिए ।

त्यस्तै विमानस्थलमा हुने चोरी तथा ट्याक्सीको बार्गेनिङका विषय पनि समितिमा उठाइएको थियो । सो अवसरमा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले भिआइपीको सवारीमा धेरै मानिस छोड्न तथा लिन भित्रै जाने भएकोले व्यवस्थापनमा समस्या भएको बताए । साथै तोकिएको स्थानसम्म मात्र जाने संस्कारको विकास गर्न आवश्यक रहेको जानकारी दिए ।

बैठकमा अध्यागमन विभागका प्रमुख केदार न्यौपानेले अध्यागमनमा नीति प्रविधि तथा आचरणमा सुधार आश्यक रहेको बताए । सो अवसरमा उनले २४ घण्टा इन्टरनेट चाहिने अध्यागमनमा बेलाबेलामा इन्टरनेटले काम गर्दा निकै समस्या हुने गरेको बताए । जसले गर्दा अध्यागमन आलोचित भइरहन परेको स्पष्ट पारे ।
बैठकमा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले विमानस्थ्लको प्रगती,सुधार तथा योजना बारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL