काठमाडौं ।काठमाडौं महानगरीय ट्राफिक महाशाखाले नियम विपरित सवारी चलाउँदा लाग्ने जरिवाना बढाएको छ । प्रहरीले जरिवाना बढाएर न्युनतम ५ सय पुर्याएको हो ।
त्यस्तै अधिकतम १ हजार ५ सय तोकेको छ । यातायात व्यवस्था ऐन २०४९ अनुसार हालसम्म न्युनतम २५ देखि २ सय रुपैयाँ जरिवाना लिदै आएको छ ।
कारवाहीमा परेका कागजात लामो समयसम्म लिन नआउने र चलाखीपूर्ण अवैधानिक बाटो रोजेकाले जरिवाना शुल्क बढाएको बताइएको छ । साथै यस अघि कारवाहीमा परेका कागजात १५ दिनभित्र कार्यलयमा लिन आउन अनुरोध गरेको छ ।
ट्राफिक महाशाखाका अनुसार जेठ १ गतेदेखि लागु हुने छ ।