Logo

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशको टीम जिताउन दिनेशको आग्रह, भने-व्यवसायिक हकहितका लागि यो टीमको विकल्प छैन

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशको टीम जिताउन दिनेशको आग्रह, भने-व्यवसायिक हकहितका लागि यो टीमको विकल्प छैन



काठमाडौं । व्यवसायीका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघको अबको निर्वाचनमा आफु नेतृत्वको टीमको विकल्प नरहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी लिलेन्द्रप्रसाद प्रधानको बस्तुगततर्फको सदस्यको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘अहिले मेरो नेतृत्वमा जुन टीम बनेको छ उक्त टीमले अहिले पनि व्यवसायिक हकहितका लागि काम गर्दै आएको छ भने आगामी दिनमा पनि व्यवसायी माझ रहेर अझ सशक्त ढंकले काम गर्नेछ ।’

साथै महासंघको चैतमा हुने साधारणसभापछि अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुने र उनले नेतृत्व गरेको टीमको वरिष्ठ उपाध्यक्षको उम्मेदवार आफु भएको श्रेष्ठको दावी थियो । महासंघको आसन्न निर्वाचनबाट आफु वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने र ढकाल पछि महासंघको आध्यक्ष आफु नै हुने समेत उनको भनाई थियो ।

आफ्नो ४५ वर्षको व्यवसायीक यात्रामा अहिलेको जस्तो कठिन अवस्थाको सामान कहिलै गर्न नपरेको जानकारी दिँदै उक्त समस्या समाधान गर्न सम्पूर्ण व्यवसायी एक हुनुपर्ने उनको भनाई छ । ‘अहिले अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा समेत राज्यले व्यवसायीका समस्या साधान गर्न कुनै ध्यान दिएको छैन,’ उनले भने ।

यसैगरी कार्यक्रममा बोल्दै जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीमले नै महासंघलाई सहि दिशामा अघि बढाउने भन्दै सो टीमलाई जिटाउनुको विकल्प नरहेको बताए । ‘उमेशलाल श्रेष्ठले नेतृत्व गरेको यो टिमलाई नै मेरो शुभकमना छ,’ उनले भने, ‘देशमा उद्योग कलकारखाना नभएसम्म देशको समृद्धि नहुने र सोका लागि उमेशलाल श्रेष्ठले नेतृत्व गरेको टीमले मात्रै काम गर्न सक्नेछ ।’ साथै विदेशबाट सामान ल्याएर बिक्री गरेर देश समृद्धि बन्न नसक्ने भन्दै सोका लागि देशभित्रिै उद्योग खोल्नु पर्ने उनको भनाई थियो ।

उनले उमेशलाल नेतृत्वको टीमलाई जिताउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उपस्थित अन्य उद्योगी व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरेका थिए । व्यवसायीका हकहितका लागि आफू सधै तयार रहेको भन्दै अवका दिनमा उमेशलाल श्रेष्ठको टीमलाई थप मजबुद बनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले महासंघको साख जोगाउनका लागि उमेशलाल श्रेष्ठको विकल्प नभएको बताए । ‘व्यवसायीका हक हितमा काम गर्न पनि यो टीमले जित्नु आवश्यक छ,’ उनले भने, ‘महासंघ भित्र रहेर व्यवसायिक हकहितका लागि आवाज उठाउन मैले पनि उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको छु ।’

आज भएको कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट लिलेन्द्रप्रसाद प्रधानले महासंघको आगामी निर्वाचनमा वस्तुगततर्फबाट सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको साधारणसभा तथा निर्वाचन यहिँ चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL