Logo

ल्हारक्याल लामा विरुद्ध विशेष अदालतमा मुद्दा दायर, साढे ९ करोड विगो दावी

ल्हारक्याल लामा विरुद्ध विशेष अदालतमा मुद्दा दायर, साढे ९ करोड विगो दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदका सदस्य ल्हारक्याल लामा विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्यिातर दुरुपयोग अनुशन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लामाले गुम्वा विकास समितिका अध्यक्ष देखि राज्य मन्त्री तथा संविधान सभा सदस्य हुँदा ९ करोड ४४ लाख ७२ हजार रुपैयाँ भन्दा बढी रकम गैह्रकानुनी रुपमा आर्जन गरेको अख्तियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल उनको विभिन्न क्षेत्रमा गरी २९ करोड ७९ लाख सम्पति रहेको र सो मध्ये ९ करोड ४४ लाखको स्रोत नखुलेको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ तथा अख्तियार दुरुपयोग अनुशन्धान आयोग ऐन २०४८ अनुसार आज मुद्दा दायर गरेको अख्तियारले जानकारी दिएको छ ।

लामा यसअघि पनि विभिन्न काण्डमा मुछिदै आएका छन् । केही समयअघि मात्र उनको बैंक लकरमा गोली भेटिएपछि प्रहरीले हिरासतमा लिएर छानविन शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL