Logo

उपराष्ट्रपतिको निर्वाचनअघि नै उपराष्ट्रपति पुन निजी निवासमा सरे

उपराष्ट्रपतिको निर्वाचनअघि नै उपराष्ट्रपति पुन निजी निवासमा सरे



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छोडेका छन् । उपराष्ट्रपति भवन हरितगृहबाट पुन निजी निवास चन्द्रागिरी नगरपालिका–१ दहचोकमा सरेका हुन् ।

उपराष्ट्रपति पुन उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि निजी निवासमा सरेका हुन् । नयाँ उपराष्ट्रपतिको लागि भोलि निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवास सरेका हुन् ।

नयाँ उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय पुग्ने पुनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL