काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपालमा सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ पुगेको छ । सोमबार नेपालमा चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।