Logo

आईएमएसद्वारा स्याङ्योङ्का गाडी विक्री, मुल्य ५३ लाखदेखि १ करोडसम्म, पहिलो १४ ग्राहकलाई विशेष उपहार

आईएमएसद्वारा स्याङ्योङ्का गाडी विक्री, मुल्य ५३ लाखदेखि १ करोडसम्म, पहिलो १४ ग्राहकलाई विशेष उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमएस ग्रूपले बुधबारदेखि नेपाली बजारमा गाडी विक्री शुरु गरेको छ । बुधबार एक कार्यक्रमकाबीच आईएमएस ग्रूप अन्तरगतको आईएमएस मोटरले कोरियाली मोटर निर्माता कम्पनी स्याङ्योङ कम्पनीका गाडी विक्री शुरु गरेको हो ।

उक्त कार्यक्रमको आईएमएस ग्रूपका अध्यक्ष दिपक महहोत्रा र सोही कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले उद्घाटन गरेका थिए । आफुहरुले स्याङ्योङ मोटरको नेपालको लागि आधिकारीक विक्रेताको रुपमा काम गर्न शुरु गरेको र केही समय भित्रै यसलाई नयाँ उचाइमा पुर्याउने आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्राले बताए । साथै, स्याङ्योङका मोटरहरु नेपाली बाटो र नेपाली उपभोक्त सुहाउँदो भएको समेत उनले जानकारी दिए ।

ssangyong-motor-ims-group

 

पछिल्लो समय नेपाली बजारमा अटोमोवाइलको बजार हिस्ता बढ्दै गएको र त्यसलाई सम्बोधन गर्दै आईएमएस मोटरले पनि मोटर कम्पनी स्थापना गरी विक्रीवितरण शुरु गरेको कम्पनीका सिइओ दिकेश मलहोत्राले जानकारी दिए । आइएमएसले साङयोङका टिभोली, कोरण्डो, रेक्सटन, क्यारोन तथा एसट्योनजस्ता लक्जरी कार तथा एसयुभी गाडीको विक्री शुरु गरेको छ । जसको मुल्य न्युनतम ५३ लाख ३७ हजार रुपैयाँदेखि अधिकतम ९९ लाख ७५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

जस अनुसार टिभोलीको ५३ लाख ७५ हजार, कोरण्डोको ७५ लाख २५ हजार, रेक्सटोनको ९९ लाख ७५ हजार र एसट्योन स्पोर्टसको ५५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीबाट उत्पादित गाडीहरुमा एबीएस तथा इबीएस सिस्टम, अल्ट्राहाई स्ट्रेन्थ् स्टिलबाट बनेको बडी पे्रmम रहेको छ । यसैगरी, टिभोलीमा बढी बुटस्पेश, डुअल अटोमेटिक एसी, एक्टिभ एडब्लुडी, आकर्षक डे–टाइम रनिङ लाइट रहेको छ भने कोराण्डोको ब्लुटुथ कनेक्टिभिटी, ७ जनाको सिटिङ स्पेश, प्रिमियम लेदर इन्टिरियर, ३ ड्राइभरको सिट मेमोरी छ । रेक्सटोनको आकर्षक एचआईडी हेडल्याम्प्स्, फ्रन्ट् डुअल एयरब्याग तथा क्रोनको अल्ट्रा रिजिड स्टिल पे्रmम र नयाँ स्पोर्ट डिजाइनको आरामदायी इन्टीरियरले यसलाई अझ उत्कृष्ट बनाएको छ । केही समय भित्रै थप नयाँ मोडलहरु नेपाली बजारमा भित्र्याउने कक्पनीले जानकारी दिएको छ ।

हाल कम्पनीले लाजिम्पाटबाट विक्रीवितरण शुरु गरेको छ भने ज्वागल र रातोपुलमा सर्भिस सेन्टर रहेको छ । आगामी दिनमा पोखरा, बुटवल, विराटनगर र बुटवलमा सेल्स र सर्भिस सेण्टर खोल्ने मलहोत्राले जानकारी दिए ।

सुरक्षित यात्रामा विषेश ध्यान दिने स्याङ्योङ कम्पनीको उत्पादनले ‘दि अटोमोवाइल सेफ्टी टेष्ट कण्डकट अवार्ड’ समेत प्राप्त गरेको छ । सो कम्पनीबाट उत्पादित टिभोलीले सन् २०१५ मा कोरियन न्युन कार यसेस्मेण्ट प्रोग्रा र ल्याण्ड एण्ड इफ्रास्टक्चर एण्ड ट्रान्सपोर्ट मन्त्रालयले दिने सो अवार्ड प्राप्त गरेको थियो । यसैगरी सन् २०१५ कै क्रयास सेफ्टी, प्यासेन्जर प्रोटेक्सन, ड्राइभिङ पर्फमेन्स र एसीडेन्ट प्रिभेन्टेसन टेष्टमा समेत उत्कृष्ट अंक प्राप्त गरेको थियो । दक्षिण कोरियाको प्रसिद्ध स्याङ्योङ मोटर कम्पनी स्याङ्योङले विश्वका ८२ भन्दा बढी मुलुकमा आफ्ना एसयुभी गाडी विक्री गर्दै आईरहेकोे छ ।

मोवाइल, ज्वेलरी, रियलस्टेटजस्ता व्यापार व्यवसाय गर्दै आएको आईएमएस ग्रूूप पहिलो पटक अटोमोवाइल क्षेत्रमा प्रवेश गरेको हो ।

पहिलो १४ गाडी खरिद गर्नेलाई विशेष उपहार

आइएमएस मोटर्स्ले साङयोङका पहिलो १४ वटा गाडी खरिद गर्ने ग्राहकहरुका लागि विशेष उपहारको व्यवस्था गरेको छ । जसमा स्क्रयार्च कार्डमार्फत २ सय सीसीको बजाज पल्सर, सामसुङ एस७ एड्ज र सामसुङ ४० इञ्ज टेलिभिजन तथा वासिङमेसिङ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
MBL