Logo

जीप छिरिङ लामा शेर्पालाई ‘एफक्यान ग्लोरी अवार्ड’, महत्वपूर्ण दुई विधामा कालिका कन्स्ट्रक्शन उत्कृष्ट

जीप छिरिङ लामा शेर्पालाई ‘एफक्यान ग्लोरी अवार्ड’, महत्वपूर्ण दुई विधामा कालिका कन्स्ट्रक्शन उत्कृष्ट



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिनु भएका आफ्ना महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सम्मान गरेको हो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई अवार्ड प्रदान गरेका हुन् । एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्शनले पनि दुई महवपूर्ण विधामा अवार्ड जितेको छ । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो ।

कालिका कन्स्ट्रक्शनको तर्फबाट कार्यकारी निर्देशक तथा महासंघका सल्लाहकार निकोलस पाण्डेले अवार्ड ग्रहण गरे । ए क्लास तर्फ समयमै उत्कृष्ट काम गरेको विधा तर्फ सामानान्तर निर्माण सेवाले सिल्भर अवार्ड जित्दा ब्रोन्ज अवार्ड कन्काई इन्टरनेशनल बिल्डर्स् प्रालिले हात पारेको छ । बी क्लास तर्फ यही विधामा सगुन कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ प्रालिले गोल्ड अवार्ड जित्दा एस। एल कन्स्ट्रक्शन प्रालिले सिल्भर अवार्ड हात पार्यो ।

सी क्लासतर्फ यही विधामा नेशनल कन्स्ट्रक्शन प्रा। लि कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस् प्रा लि। काभ्रेले सिल्भर अवार्ड जित्यो । बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरे बापत् जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड जित्यो । कोशी प्रदेशबाट क्लास डी तर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जित्यो । क्लास डीमा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्शनले अवार्ड जित्दा गण्डकी प्रदेशबाट जि।एस इन्जिनियरिङले अवार्ड जित्न सफल भयो ।

त्यस्तै कर्णाली प्रदेशबाट उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पार्यो । उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड जित्दा पहाड र हिमालबाट क्रमशः कास्की र सिन्धुपाल्चोकले अवार्ड जिते । उत्कष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले जित्यो । उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्शनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रालि ले जित्यो ।

त्यस्तै कन्स्ट्रक्शन सेक्टर एक्सिलेन्स इन्जिनियर अवर्डा इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरियो । एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ अन्र्तगत नै महासंघले भौतिक पूर्वाधारको समाचारलाई उच्च प्राथमिकता दिने विभिन्न संचार माध्यमहरूलाई अवार्ड प्रदान गरेको छ । जस अन्र्तगत अनलाइनतर्फ निर्माणपाटी डटकम, रेडियो तफै रेडियो काठमाडौं, टिभीतर्फ एपीवान र दैनिक पत्रिकातर्फ आर्थिक दैनिकका प्रतिनिधिहरूलाई अवार्ड प्रदान गरियो । भौतिक पूर्वाधारको क्षेत्रमा कलम चलाउने पत्रकारतर्फ राजधानी दैनिकका मधुजङ्ग पाण्डेले अवार्ड पाए ।

मस्ट सर्पोटिभ स्पोनसरको अवार्ड एमएडब्लु् अर्थ मुभर्स् प्रा। लि लाई प्रदान गरियो । निर्माण व्यवसायीका सन्ततिहरू मध्ये इन्जिनियरिङ विषय अध्ययन पूरा गरेका प्रगति शाह (जय लक्ष्मी कन्स्ट्रक्शन बाजुरा), जेनिशा महर्जन (केबी डेभलपर एण्ड कन्स्ट्रक्शन प्रालि) काठमाडौं), रविकान्त शाह (जय अम्बे कन्स्ट्रक्शन पर्सा) र आसुतोष दास (न्यू आसुतोष कन्स्ट्रक्शन सप्तरी) लाई अवार्ड प्रदान गरियो ।

महासंघ सचिवालयमा कार्यरत कर्मचारीहरू मध्ये न्युच्छेमाया तुण्डकारलाई अवार्ड दिइयो । अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । महासंघका अध्यक्ष रवि सिंहले महासंघको अवार्ड कार्यक्रम राष्ट्रकै प्रतिष्ठित अवार्डको रुपमा स्थापित हुनु महासंघको लागि गर्वको विषय भएको बताए । अवार्ड कार्यक्रम संयोजक समेत रहनु भएका महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा एडीले अवार्ड कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL