Logo

श्री एयरलाइन्सका सबै जहाज उडान भर्न योग्य, प्रतिवन्ध फुकुवा

श्री एयरलाइन्सका सबै जहाज उडान भर्न योग्य, प्रतिवन्ध फुकुवा



काठमाडौं । श्री एयरलाइन्सको उडान प्रतिवन्ध फुकुवा भएको छ । काठमाडौंबाट भैरहवा जाँदै गरेको कम्पनीको जहाजको इन्जिनमा समस्या देखिएपछि प्राविधिक परिक्षणका लागि भन्दै उडान प्रतिवन्ध लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिवन्ध फुकुवा गरेको हो ।

शुक्रबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गरेको जहाज बीच बाटोबाटै फर्केर पुनः काठमाडौंमा अवतरण गरिएको थियो । त्यसपश्चात प्राधिकरणले सबै जहाजको परिक्षण गर्नुपर्ने भन्दै कम्पनीका सबै जहाजलाई ग्राउन्डेड गरेको थियो ।

तर, कम्पनीका सबै जहाज उडान, अवतरण गर्न योग्य रहेको भन्दै प्राधिकरणले प्रतिवन्ध फुकुवा गरिदिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्