Logo

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । पछिल्लो हप्ता लगातार घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने हिजोकै बराबर छ । महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्