Logo

सुनको मूल्यमा प्रतितोला ५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा प्रतितोला ५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सूनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घटेर प्रतितोला १ लाख १ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्