Logo

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।

गत मंगलबार प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । माओवादी द्वन्द्वकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

सोमबार प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई भिन्न रिट दायर गरेका थिए । निवेदकहरुले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।

आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ र इजलासले बहस सुनेर आदेश जारी गर्ने छ । आदेशपछि प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL