Logo

अमेरिकामा ४ हप्तामा १ लाखभन्दा बढीमा कोभिड सङ्क्रमण, बालबालीकालाई खतरा

अमेरिकामा ४ हप्तामा १ लाखभन्दा बढीमा कोभिड सङ्क्रमण, बालबालीकालाई खतरा



काठमाडौं । अमेरिकामा गएको ४ हप्ता यतामात्र १ लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार यहाँ पछिल्लो ४ हप्तायता मात्र १ लाख ६ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि १ करोड ५५ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड सङ्क्रमण भएको थियो ।यस अघिका हप्ताहरुमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको सङ्क्रमणमा परेका बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने सङ्क्रमण भइ नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरुले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर अनुसारको तथ्याङ्क लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।रास

प्रतिक्रिया दिनुहोस्