Logo

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ४० रुपैयाँको गिरावट आएको छ । नेपाली बजारमा चाँदी मंगलबार प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL