Logo

काठमाडौँ उपत्यकामा वर्षा, आन्तरिक उडान प्रभावित

काठमाडौँ उपत्यकामा वर्षा, आन्तरिक उडान प्रभावित



काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभरका पहाडी भू–भागमा अहिले वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौँसहित देशभरका पहाडी भू–भागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL