Logo

पनामा पेपर्स सार्वजनिक, महतो र चौधरीसमेत ७ नेपालीको नाम

पनामा पेपर्स सार्वजनिक, महतो र चौधरीसमेत ७ नेपालीको नाम


रक्षा रेग्मी
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय खोज पत्रकार समुह (आईसीआईजे) ले सार्वजनिक गरेको पनामा पेपर्समा ७ जना नेपालीको नाम परेको छ । सोमवार सार्वजनिक पानामा पेपर्सको सूचिमा उपेन्द्र महतो, अरुणकुमार चौधरी,सुभांशकुमार चौधरी,करनकुमार चौधरी,शिला चौधरी,उमादेवी सिंहानिया र नवयुग डोल्माको नाम छ । यसबाहेक सतीशलाल आचार्यको नाम अफसोर लिक्सको डाटामा रहेको छ ।

जसमध्ये महतो ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन् ।

त्यस्तै अरुणकुमार चौधरी उर्साइन लिमिटेडका सेयरहोल्डरको रुपमा रहेका छन्। उर्साइन लिमिटेड ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको र २७ जुलाई २०१२ मा निस्क्रिय भएको देखिएको छ । सो कम्पनीको ठेगाना बेलायतमा राखिएको छ। त्यस्तै उनले आफ्नो ठेगाना अफ्रिका राखेका छन् ।

नवाङ डोल्मा ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई सेल कम्पनीहर गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिंगस लिमिटेडकी सेयरहोल्डर छिन्।
नेपाली समय अनुसार राती पौने १२ बजे पनामा पेपर्स सार्वजनिक गरिएको थियो । आइसीआईजेले विश्वका धेरै सञ्चारमा२यम समेतको संलग्नतामा सो प्रतिवेदन सार्वजनिक गरेको हो । जसमा ३ लाख भन्दा बढी व्यक्तिको नाम आएको छ । रिपोर्टका अनुसार १ सय ४० राजनितिज्ञ सो काण्डमा मुछिएका छन् ।

के हो पनामा   पेपर्स ?

मध्य अमेरिकी देश पानामास्थित एउटा ल फर्म मोसाक फोन्सेकाबाट ११ करोडभन्दा बढी कागजात लिक भएको थियो । ती कागजातलाई पानामा पेपर्सको नाम दिइएको हो ।
ती कागज विभिन्न देशका उद्योगी व्यापारि, राजनितिज्ञ तथा कलाकारहरुले कर छल्नका लागि फेक आइडिमा कम्पनी खोलिएको पाइएको छ । जसमा विभिन्न राष्ट्रका शक्तिशाली राजनीतिज्ञ, तिनका परिवार र विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तिहरुको नामावली का साथै कारोबार ती कागजातमा संलग्न छ ।

फोन्सेकाका कागजातहरु गोप्य रुपमा जर्मनीको एउटा पत्रिकाले प्राप्त गरेको थियो। सो पत्रिकाले ति कागजातहरु खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्न्िलस्टस (आइसिआइजे)लाई उपलब्ध गराएको हो । आइसिआइज बीबीसी, गार्जियन तथा भारतको इण्डियन एक्सप्रेस लगायतसंगको सहकार्यमा अनुसन्धान सुरु गरे।

संसारका विभिन्न ७८ मुलकका पत्रकारहरुले धेरै लामो अनुसन्धान गरेर ती कागजातमा नाम समेटिएका विभिन्न व्यक्ति उनीहरुसँग संग्लग्न कम्पनीको कारोबारको फेरहिस्त सार्वजनिक गरेका हुन् ।

जसमा रसियाका राष्ट्रपति भ्ल्यादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ, आइसल्याण्डका प्रधानमन्त्री सिग्मंदुर डेभिड गुनलौग्सन, इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका छोरा अला मुबारक र ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनका बुबालगायतको नाम पनि मुछिएको छ।

प्रतिक्रिया दिनुहोस्